गणतन्त्रले दिएका अवसरलाई जनतामाझ लैजानुपर्नेमा रानाको जोड

साझाकुरा
२०८१ चैत्र १८, मंगलवार ११:२२

हेटौंडा-नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले जनताको छोराछोरी नेतृत्वमा आउने व्यवस्थालाई समान्ती सोच भएकाहरुले मन नपराएको बताएका छन् ।नेकपा एमाले मकवानपुरको जागरणसभामा बोल्दै उनले संवैधानिक रुपमा चिहानमा पु¥याइएको राजतन्त्र फेरि ब्युतिने दुष्प्रयासमा लागेकोले त्यसलाई बिफल बनाउनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रले दिएका अवसरलाई जनतामाझ लैजानुपर्नेमा उनले जोड दिए । केन्द्रीय सदस्य रानाले मुलुकलाई शान्ति स्थापना गर्न वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकार सबै शक्तिलाई राजनीतिको मूलधारमा ल्याउन सफल भएको जिकिर गरे । आफ्नो विवेकलाई नै धरौटीमा राख्ने तत्वले जनताको सार्वभौम अधिकारलाई खोस्ने काम गरिरहेको उनले बताए ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले निरङकुश राजतन्त्र फेरि ल्याउने दिवासपना नदेख्न चेतावनी दिएका छन् । उनले राजावादीलाई ‘तपाईहरुको राजा को हो ? कसलाई राजा बनाएर ल्याउनुहुन्छ ?’ भन्दै प्रश्न गरे । पूर्वमुख्यमन्त्री पौडेलले ज्ञानेन्द्र शाह आमनागरिक मात्र भएको र राजा हुनै नसक्ने जिकिर गरे । अहिले एमाले नेतृत्वलाई असफल बनाउन विभिन्न ढंगले आक्रमण भइरहेकोले त्यसतर्फ पनि सचेत रहन उनले आग्रह गरे ।

सभा सुरुहुनु अगाडि हेटौंडा बजारको चारैतिरबाट ¥याली निकालिएको थियो । हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्री गेटसहित चार स्थानबाट ¥याली निस्किएर मेनरोडको लोकतान्त्रिकचोकमा कोणसभा गरिएको थियो । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताएका छन् ।

जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ता हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो । गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि नेकपा एमालेले हेटौंडामा आयोजना गरेको जागरण सभा अन्तर्गत मनहरीबाट हेटौंडासम्म मोटरसाइकल ¥याली गरिएको थियो । नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल ¥याली गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*