‘पर्वहरुले मित्रता र आपसी सद्भाव वृद्विगर्न सहयोग पुग्छ’

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले इद (इदउलफित्र) पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै पर्वहरुले मित्रता र आपसी सद्भाव वृद्विगर्न सहयोग पुग्ने बताएका छन् ।मुख्यमन्त्री लामाले इस्लाम धर्मावलम्बीको महान् चाड इद (इदउलफित्र) पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश भएको बताए । ‘अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा छन् ।’ मुख्यमन्त्री लामाले शुभकाना सन्देशमा भने ‘यस्ता सांस्कृतिक पर्व तथा चाडले समुदायलाई एकताबद्ध गर्न सघाउ पु¥याउँछ ।’
विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसरण, संरक्षण र संवद्र्धन गर्न बागमती प्रदेश सरकार सदैव अभिभावकत्वको भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरको भोकतिर्खा बिर्सेर, रिसराग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट इद उल फित्रको खुसीयाली साटासाट गर्दै मनाउने यो पर्व इस्लाम धर्मावलम्बीको एक विशेष पर्व हो ।
मुख्यमन्त्री लामाले यस्तो चाडपर्वबाट हामीबीच नयाँ उम· र उत्साहका साथ एकअर्काको अस्तित्व र उपस्थितिलाई सम्मान व्यक्त गर्दै एकआपसमा एकता तथा बन्धुत्व स्थापित गर्न सफल हुने भन्दै भविष्यमा अझ आपसी सद्भाव मित्रतामा वृद्विको कामना गरे । उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्वि गरी समृद्व समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।