ॐ वृद्धाश्रमलाई खाद्यान्न सामाग्री सहयोग

साझाकुरा
२०८१ चैत्र १८, मंगलवार ११:४१

हेटौंडा- हेटौँडा–२ मा रहेको ॐ वृद्धाश्रमलाई नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयले खाद्यान्न सामाग्री सहयोग गरेको छ । सोमबार वृद्धाश्रममै पुगेर विद्यालयले आश्रमका संस्थापक अध्यक्ष बुद्धिप्रसाद पौडेल, अध्यक्ष सिद्धिलाल श्रेष्ठ र सचिव बिनोद सुवेदीको रोहबरमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।यही चैत १६ गते आयोजना भएको कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ को एक्जिट कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकबाट संकलन भएको रकमबाट खाद्यान्न सामग्री खरिद गरी आश्रमलाई सहयोग गरेको हो ।

उक्त थिममा ‘डोनेसन’ पनि समावेश भएकाले आश्रमलाई सामग्री सहयोग गरेको कार्यक्रमकी संयोजक विपना खड्काले जानकारी दिइन् । विद्यालयले आश्रमलाई ५ बोरा चामल, ६ केजी मुसुरो दाल, १ कार्टुन तेल, नुन, चिउरा, भुजा, चना, बिस्कुट, दालमोट, हर्लिसलगायतको सामग्री सहयोग गरेको हो ।

खाद्यान्न सामग्री ग्रहण गर्दै आश्रमका संस्थापक अध्यक्ष बुद्धिप्रसाद पौडेलले आश्रमलाई खाद्यान्न भन्दा पनि अहिले रकमको खाचो रहेको बताए । ‘आश्रम आफ्नै खुट्टामा उभिनको लागि अक्षयकोषको सुरुवात गरेका छौँ ।’ पौडेलले भने –‘हालसम्म अक्षयकोषमा ६० लाख रुपैयाँ जम्मा भईसकेको छ ।’ अक्षयकोषमा ५ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको उनले बताए । आश्रमको भौतिक पूर्वाधार निर्माणको लागि स्थानीय तह तथा विभिन्न संघ संस्थाले सहयोग गरेर आश्रम यो अवस्था सम्म आइपुगेको उनको भनाइ रहेको छ ।

आश्रममा हाल २३ जना आमा बुवा आश्रित रहनु भएको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जानकारी दिए । यसैगरी नवोदय विद्यालय कक्षा १ मा अध्ययनरत मेधावी छात्रा सिवानी थापाले आफ्नो जन्मदिन पनि आश्रममै मनाएकी छिन् । सिवानीको जन्मदिनको अवसरमा सिवानीको परिवारले खाद्यान्न सामग्री आश्रमलाई सहयोग गरेको छ । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, सिवानीको आमा सरस्वती कार्कीलगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*