सामूहिक बलात्कार आरोपमा ७ किशोर सहित ८ जना पुर्पक्षका लागि थुनामा

साझाकुरा
२०८१ चैत्र २०, बिहीबार १०:४२

हेटौंडा- हेटौंडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले सात किशोरसहित आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा हटौंडा उपमहागनगरपालिका–१४ का १८ वर्षीय सुजीतकुमार लामालाई पुर्पक्षका लागि भीमफेदी कारागार पठाउने आदेश गरेको हो । बलात्कारमा संलग्न रहेको आरोपमा अदालतले सातजना किशोरलाई बालसुधारगृह हेटौंडामा पठाउने आदेश गरेको जिल्ला अदालत मककवानपुरले जनाएको छ ।

गत माघ ६ गते हेटौंडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले दिएको उजुरीको अधारमा ८ जनालाई प्रहरीले फागुन २२ गते पक्राउ गरेको थियो । घटनामा आरोपी तीनजना किशोर अझै फरार छन् । किशोरीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् । किशोरीकै जाहेरीको आधारमा ८ जनालाई प्रहरी पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका किशोर र जाहेरी दिएकी किशोरी हेटौंडास्थित एक क्याम्पसका विद्यार्थी हुन् । पीडित किशोरी स्नातक र किशोरहरु दस जोड दुईको विद्यार्थी रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*