जीतपुरसिमरा गोल्डकप आजदेखि सुरु मकवानपुरले शनिबार नवजनजागृति युवा क्लबसँग खेल्ने

साझाकुरा
२०८१ चैत्र २१, शुक्रबार ०८:५९

हेटौंडा-१५ औं संस्करणको जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरबाट रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरले सहभागिता जनाउने भएको छ । छिमेकी जिल्ला बाराको सिमरा रंगशालामा सुरु भएको प्रतियोतिगमा एन्फा मकवानपुरले पहिलो खेल शनिबार आयोजक नवजनजागृति युवा क्लबसँग खेल्नेछ । शुक्रबार हुने उद्घाटन खेल भरतपुर फुटबल क्लव र सहलेशको बीचमा हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बताएको छ । प्रतियोगितामा विभिन्न चर्चित क्लवसहित मोफसलका क्लव गरी ८ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । आयोजक नवजनजागृति क्लव सिमराका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रंगशालाको फ्लड लाइटमा आयोजना हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लव, मच्छिन्द्र फुटबल क्लव, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लव, भरतपुर फुटबल क्लव चितवन, सलहेश युवा क्लव सिराहा, मकवानपुर जिल्ला फुटबल संघ र आयोजक नवजनजागृति युवा क्लव सिमराको सहभागिता रहनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टले समान २५ हजार तथा उदयीमान खेलाडीले १५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफी प्राप्त गर्नेछ । आयोजक क्लवको आर्थिक अवस्था तथा ‘ए’ डिभिजन क्लवहरुको वर्तमान अवस्थाका कारण सहभागी टिमको संख्या घटाइएको क्लवले जनाएको छ । यसअघिका संस्करणहरुमा कम्तिमा १० टिमको सहभागिता रहँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*