जनप्रतिनिधि र पार्टीबीच अन्तरसम्बाद गर्दै मनहरी कांग्रेस

साझाकुरा
२०८१ चैत्र २६, बुधबार ११:२४

हेटौंडा-नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) समितिले यही चैत ३० गते मनहरीमा जनप्रतिनिधिसँग पार्टीको अन्तरसम्वाद गर्ने भएको छ ।कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबीच छलफल गर्ने उद्देश्यका साथ अन्तरसंवाद गर्न लागेको जनाइएको छ । आयोजकले पत्रकार सम्मेलनमार्फत् कार्यक्रमको विषयमा जानकारी दिएको हो । कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) का प्रदेश सभापति रञ्जन कालाखेतीले कांग्रेसबाट जितेका जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध बनाउनुका साथै आगामी योजनाको विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।मनहरी–८, पिसपार्क (आमाघर) अन्तरसंवाद कार्यक्रम हुन लागेको हो ।

पार्टीका बागमती प्रदेशसभापति एवम् नेपाली कांग्रेसका प्रदेश सांसद् इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच अन्तरसंवाद हुन लागेको कालाखेतीले जानकारी दिए । नेपाली कांग्रेसका जिल्ला सभापति, महासमिति सदस्य, जिल्ला पदाधिकारी, संघीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला समन्वय उपप्रमुख, नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला सदस्य, संघीय पदाधिकारी, पालिका सभापति, क्षेत्रीय कार्यसमितिका सदस्यहरु, पालिका पदाधिकारी, नेपाली कांग्रेसबाट निर्वाचित तथा प्रत्यासी वडाअध्यक्ष एवम् सम्पूर्ण सदस्य, भ्रातृ संघसंस्थाका प्रतिनिधिबीच अन्तरसंवाद हुन लागेको सभापति कालाखेतीले जानकारी दिए ।

करिब १ सय ५० जनाको उपस्थितिमा कार्यक्रम हुने सभापति कालाखेतीले बताए । पार्टी र जनप्रतिनिधिले आआफ्नै तरिकाले अभियान सन्चालन गरिरहेको हुन्छ । तर, पार्टी र जनप्रतिनिधिबीच समन्वय नभएको र केही विवाद जस्तो देखिँदै आएको हुन्छ’, कालाखेतीले भने, ‘हामी पार्टीबाट टिकट पाएर जितेकोले पार्टीप्रति उत्तरदायी हुन्छौं । पार्टीसँग सल्लाह, छलफल गर्नेछौं ।’कार्यक्रममा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) अन्तर्गत रहेको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका तथा हेटौंडा ३ र १९ नम्बर वडाका सभापतिहरु, यहाँबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका पदाधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ । क्षेत्रीय सभापति कालाखेतीले कार्यक्रममा सहभागी हुन वडासभापति तथा जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*