पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीपप्रज्ज्वलन

साझाकुरा
२०८१ चैत्र २७, बिहीबार १३:२३

हेटौंडा- काठमाडौंको तीनकुनेमा चैत्र १५ गते राजावादीले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीपप्रज्ज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा बुधबार हेटौंडाको बुद्धचोकमा श्रद्धाञ्जलीसभा तथा दीपप्रज्ज्वलन गरेको हो । श्रद्धाञ्जलीसभामा मकवानपुरका सक्रिय सञ्चारकर्मीले दिवंगत पत्रकार रजकको आत्माको चीरशान्तिको कामना गर्दै दीपप्रज्ज्वलन गरेको थियो ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा महासंघका बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईलगायत सञ्चारकर्मीको उपस्थिति थियो । महासंघले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको र दोषीलाई कार्बाही गर्न समेत माग गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*