हेटौंडामा यु–१४ नकआउट फुटबल प्रतियोगिता हुने

हेटौंडा- हेटौंडामा यु–१४ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । नागस्वती फुटबल एकेडेमीको आयोजनामा आगामी बैशाख ८ गतेबाट प्रतियोगिता हुने एकेडेमीका सञ्चालक नैतिक थापाले बताए ।प्रतियोगितामा सहभागी हुन बैशाख ६ गतेभित्र टिमदर्ता गर्नुपर्ने र दर्ताशुल्क तीन हजार रुपैयाँ लाग्ने सञ्चालक थापाले बताए । प्रतियोगिताका विजेताले २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।हेटौंडा–७ नागस्वतीस्थित नवज्योति माविको खेलमैदानमा प्रतियोगिता हुने सञ्चालक थापाले बताए । प्रतियोगितामा विधागतरुपमा खेलाडीलाई पुरस्कृत गरिने छ ।