१० दिने एकाउन्टिङ तालिम सम्पन्न

साझाकुरा
२०८१ चैत्र २७, बिहीबार १३:२७

हेटौंडा- अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले मकवानपुर बहुमुखी क्याम्पसमा १० दिने एकाउन्टिङ तालिम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) को आयोजना तथा नेम ईन्स्टिच्युटका संचालक किशोर अर्यालको सहकार्यमा भएको तालिम बुधबार सम्पन्न भएको हो ।अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुलामिले तालिमले विद्यार्थीमा सकारात्मक उर्जा पैदा भएको बताए ।

उनले विद्यार्थीको सकारात्मक प्रतिक्रियाले आफूलाई खुशी लागेको बताए । प्रमाणपत्र बितरण तथा एकाउटिङ तालिम समापन कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालले तालिमले विभिन्न स्थानमा क्षमता देखाउन विद्यार्थीलाई सहज बनाएको बताए । तालिमले विद्यार्थीलाई दक्ष बनाइ रोजगारको अवसर प्रदान गर्ने र विद्यार्थीलाई नयाँ कानुन, नीति, करनिर्धारण लगायत अन्य ज्ञानमा जानकारी हासिल गर्न सक्ने उनको भनाई छ ।

विविएस कार्यक्रममा अध्ययनरत ८२ जना विद्यार्थीको सहभागितामा भएको कार्यक्रममा लेखासँग सम्बन्धित विभिन्न सीप तथा ज्ञान, करसँग सम्बन्धित विभिन्न समस्या समाधानका सम्बन्धमा प्रशिक्षक अर्यालले प्रशिक्षण दिएका थिए । मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललित घलान, क्याम्पस प्रमुख यम सिलवाल, अखिल (क्रान्तिकारी) बागमती प्रदेश सदस्य पुश्पा सुनार, मकवानपुर उपाध्यक्ष दीपक वाइबा, सचिव छोइसाङ लामा, सहसचिव सुजन सिलवाल, कोषाध्यक्ष अनिल बसेललगायत क्याम्पसका विद्यार्थी नेताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*