सुनको मूल्य एकै दिन ५७०० ले बढ्यो

साझाकुरा
२०८१ चैत्र २७, बिहीबार १३:३९

हेटौंडा – नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार ९०० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*