आँचलले खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

साझाकुरा
२०८२ बैशाख ३, बुधबार १२:५२

हेटौंडा- हेटौंडामा खुला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । साहित्यकार पारिजात स्मृति दिवसको अवसरमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले वैशाख ५ गते वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो । आँचलकी अध्यक्ष भावना सापकोटाले दिएको जानकारीअनुसार हेटौंडा उपमहानगरपालिका–१० वडा कार्यालयको सहयोगमा हुन लागेको प्रतियोगितामा सहभागीको छनोट भर्चुअल माध्यमबाट हुनेछ । ‘सामाजिक रुपान्तरणको लागि राजनीतिक आन्दोलन’ विषयमा खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने सापकोटाले बताइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार र १ हजार रुपैयाँ सहतिपुरस्कृत गरिने अध्यक्ष सापकोटाले जानकारी दिइन् । पारिजातकोस्मृति दिवसको अवसरमा आँचलले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*