महिलामिलनले मनायो २५ औं स्थापना दिवस

हेटौंडा- हेटौंडा–१३ पदमपोखरीमा रहेको महिलामिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं स्थापना दिवस विहीबार मनाएको छ । कार्यक्रममा सहकारीको सामाजिक भूमिका, महिला नेतृत्वको प्रभावकारिता तथा आगामी योजना विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष मीना थापाको सभाध्यक्षता तथा बागमती प्रदेशका गरिबी निवारण तथा सहकारी मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका करिब १३ हजार सहकारी संस्थामध्ये दुई÷तीन सयमा मात्र समस्या देखिएको उल्लेख गर्दै महिलाको नेतृत्वमा सञ्चालित सहकारी तुलनात्मक रुपमा बढी उत्तरदायी, अनुशासित र पारदर्शी देखिएको बताएका छन् ।
मन्त्रालयमा कार्यभार सम्हालेको चार महिनाको अवधिमा सबै सहकारीको गतिविधि नियाल्दा सहकारी संस्था जनस्तरसम्म प्रभावकारी रुपमा पुगेको अनुभूति भएको पनि उनले बताए । मन्त्री श्रेष्ठले सहकारीलाई गरिबी निवारण र आर्थिक समावेशिताको भरपर्दो आधारको रुपमा परिभाषित गर्दै सहकारी प्रणाली सुधारमा मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै सहकारी मार्फत परिवर्तन सम्भव रहेको स्पष्ट पारेका थिए । संस्थाका अध्यक्ष थापाले महिलामिलन साकोसले विगत २५ वर्षको अवधिमा गरेका प्रयास, सामुदायिकस्तरमा पु¥याएको योगदान तथा भविष्यमा लैजानुपर्ने लक्ष्यबारे जानकारी दिइन् ।
कार्यक्रममा सफल उद्यमी तर्फ प्रमिलामाया स्याङ्तान, अनिशा विक, देवी भोम्जन, आराधाना घलान र दीपा बलामीलाई सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने समूह लक्ष्य महिला समूह, ऋणी सदस्यहरुमा रीता स्याङ्तान, सपना श्रेष्ठ, ममतामाया रुम्बा, अमृता तामाङ, विशुकुमारी थोकरलाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट बचतकर्तातर्फ विनिता थिङ, रिना लामा, रञ्जिता शिवाकोटी, सीता ढुंगाना, सीता विक, विमला मोक्तान, समिका खतिवडा, विविमाया मुक्तान, सरिता लामा, कविता मैनाली, समूह र उद्यमीलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत पदमपोखरी बहुमुखी क्याम्पसलाई संस्थाले २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति सहयोग प्रदान गरेको छ । कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामा, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुंगाना, सहकारी विभाग शाखाप्रमुख महेन्द्र चापागाई लगायतको विशेष आतिथ्यता रहेको थियो । चैत्र मसान्तसम्ममा ८१ करोड १७ लाख ७५ हजार १२७ कुल सम्पति रहेको सहकारीमा ६ हजार चार सय जना सदस्य आवद्ध रहेका छन् ।