तल्लो अरूण जिम्मा भारतीय कम्पनीलाई, निजी क्षेत्रका ३ जना बोर्डको विषेशज्ञ सदस्य

साझाकुरा
२०७७ माघ १७, शनिबार २१:२६

काठमाडौं । तल्लो अरूण निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिइएको छ । प्रधानमन्त्रीको अध्यक्षता बसेको लगानी बोर्डको बैठकले ६ सय ७९ मेगावट क्षमताको परियोजना बिल्ड, वन, अपरेट एन्ड ट्रान्सफर (बुट) मोडलमा विकासका लागि भारतीय कम्पनी एसजेभीएनलाई छनौट गरेको हो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचिकृत भएका कम्पनीको मूल्यांकन गरी सो निर्णय गरिएको बोर्डले जनाएको छ । परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ ।

गत २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले उक्त परियोजना लगानीकर्ता समक्ष प्रस्तुत गरेको थियो ।

बैठकले लगानी बोर्डमा विशेषज्ञ सदस्यको रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले विद्युतको उत्पादन सँगै खपतको समेत योजना बनाउनु पर्नेमा जोड दिँदै यसका लागि पूर्वाधार परियोजनाहरुलाई समय मै कार्यान्वयनका लागि समन्वयात्मक ढंगबाट कार्य गर्न नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीहरुलाई निर्देशन दिए ।

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप हादुर रायमाझी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत नेपाल सरकारका अन्य उच्च पदस्थ अधिकारी उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*