डोटीमा अघोषित लोडसेडिङ, उपभोक्ता सकसमा

साझाकुरा
२०७७ माघ १९, सोमबार ००:२०

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेको बताइएको छ ।

पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । विद्युत् अनियमितका कारण यहाँका मिल व्यवसायीदेखि इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको किरण इलेक्ट्रोनिक दिपायल पिपल्लाका किरण भण्डारीले बताए । उनले भने, “दैनिक विद्युत् अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ ।”

मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको गुनासो विद्युत् प्राधिकरणमा खबर गर्दा पनि सुनुवाइ नभएको उपभोक्ताको भनाइ छ । साँझ र बिहानपख तालीकाबिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*