माघ २१ गतेदेखि भृकुटीमण्डपमा जुत्ता–चप्पल व्यापार मेला

साझाकुरा
२०७७ माघ १९, सोमबार १९:०६

काठमाडौं । जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकटीमण्डपमा मेला आयोजना हुने भएका हो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एसोसिएसनले हरेक वर्ष झैं यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । आम उपभोक्ताहरुको विचमा आफ्ना उत्पादनहरु पु¥याउने परिचित गराउने मुख्य उद्धेश्यका साथ समग्र विग्रीएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारिक र व्यावसायीक क्रियाकलापलाई सहज बनाउँदै लैजान एसोसिएसनको आयोजनामा मंगलबारदेखि फागुन १० गते सम्म मेला आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा बोल्दै एफम्यानका अध्यक्ष कृष्णकुमार फुयालले भने, “हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेला गत वर्ष फैलिएको कोभिड १९ को माहामारिका कारण गर्न नसक्दा आम उपभोक्तालाई पर्न गएको असरलाई मध्य नजर गर्दै हामिले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर बिजनेस एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं । यो एक्स्पोमा हामिले सबै नेपाली ब्रान्डलाई एकै छानामुनी समेटेर ल्याएका छौं । यसले नेपाली जुत्ता चप्पल प्रेमिहरुलाई एकै स्थानमा सबै ब्रान्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने जमर्कौ गरेका छौं ।”

फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फस्र्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बीएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, ब्याम्बो सुज, पीजी लगायतका सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*