प्रकाश बुढाथोकीले आईलिग खेल्ने

साझाकुरा
२०७७ माघ १९, सोमबार १९:४४

काठमाडौं । नेपालका राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित भारतको आईलिग खेल्ने भएका छन् । बुढाथोकीले भारतको मणिपुरस्थित नेरोका एफसीबाट खेल्ने भएका हुन् ।
आईलिग भारतको ‘ए’ डिभिजन क्लब खेल्ने राष्ट्रिय लिग हो । धरान उपमहानगरपालिका–२० पटनाली निवासी बुढाथोकीलाई पुरानो फुटबल क्लब धरान फुटबल क्लबले बिदाइ गरेको छ ।

धरान फुटबल क्लबबाट आफ्नो फुटबल यात्रा सुरु गरेका बुढाथोकीले नेपालको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए ।
उनी आईलिगमा खेल्ने अवसर पाउने दोस्रो नेपाली खेलाडी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*