नेपाल टेलिकमः ५३.६५ प्रतिशत बजार हिस्सा, आक्रामक विस्तारको रणनीति

साझाकुरा
२०७७ माघ २५, आईतवार १०:३२

काठमाडौं । ‘७७ जिल्लामा फोरजी, ४२ जिल्लामा एफटिटिएच सेवा, कोरोना कालमा पनि ३२ अर्ब ९८ करोडको व्यापार, ९ अर्ब ७४ करोड खुद नाफा आर्जन । राज्यलाई ३५ अर्ब ५ करोड रुपैयाँ कर तिर्ने कम्पनी ।’, अर्थात राष्ट्रको सञ्चार नेपाल टेलिकम ।

२०६० साल माघ २२ गते कम्पनीमा रुपान्तरण भएको टेलिकमले १९ औं बार्षिकोत्सव मनाईरहँदा २०७७ कात्तिकको तथ्यांक अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५३।६५ प्रतिशत पुगेको छ ।
आगामी योजना बारे कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी भन्छन्–सबै स्थानिय निकायहरुमा ब्रोड ब्याण्ड सेवा पुर्‍याई डिजिटल डिभाइड कम गर्दै डिसजटल सक्षारतालाई प्रोत्साहन गर्ने बाताबरण तयार गरिने छ, डिजिटलाइजेशनको प्रकृयालाई सहयोग गरिने छ। बायो डाटा।बिआई, आर्टिफिशिलय इन्टेलिजेन्सको प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइने छ। कम्पनीले फाइभजीको परिक्षण तथा अध्ययन र व्यवसायीक सञ्चालनको योजना पनि अघि बढाईरहेको छ ।

भ्वाइस सेवातर्फ कम्पनीको ग्राहक आधार २०७७ मंसिर महिनाको अन्त्य सम्ममा २ करोड ९ लाख २७ हजारभन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख ८ हजार र पीएसटीएन सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय रहेका छन् । कम्पनीको डाटा ९इमेल, इन्टरनेट आदि० सेवाका प्रयोगकर्ता २०७७ मंसिर महिनाको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सय भन्दा बढी पुगेको छ। सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जीएसएम फोरजी तर्फ हालसम्म करिव २५ लाख ग्राहक पुगिसकेको छ।

अब के गर्ने ?
मोबाइलबाटै अधिकांश आर्थिक कारोबार गर्न सकिने योजना कार्यान्वयनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको स्थापना भैसकेको छ । नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा कार्य गर्ने गरी मोबाइल फाइनान्सियल सर्भिस सञ्चालनको अन्तिम चरणको कार्य भइरहेको छ । कम्पनीले डिजिटल पेमेन्ट्स अर्थात मोबाइल मनीका लागि चाहिने आवश्यक पूर्वाधारका लागि तयारी गरिरहेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ । विभिन्न भ्वाइस सेवा, डाटा सेवा र रिचार्जमा छुट प्रदान गरेको छ । विद्यार्थीहरुलाई ई–शिक्षामा सहयोग पु¥याउनका लागि सहुलियत दरमा विभिन्न प्याकेजको व्यवस्था गरेको छ ।

‘नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरण को सहकार्य र सहमतिमा दूरसंचार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी संचालन गर्ने र पूर्बाधारको सह(प्रयोग मार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणि भूमिका निर्बाह गर्न तयार रहेको ब्यहोरा अनुरोध गर्न चाहन्छु।’, एमडी अधिकारीले भने ।

रणनीतिक साँझेदार पनि
कम्पनीले अब रणनीतिक साँझेदार भित्र्याउन पनि पहल थालेको छ । त्यसका लागि एक जापानी कम्पनीसँग छलफल पनि गरिरहेको छ । त्यस्तो साँझेदारलाई लगानीकर्ताका रुपमा नभएर ‘कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्नका लागि रणनीतिक व्यवस्थापन साँझेदार भित्र्याउन पहल गर्ने।’ काम अघि बढिरहेको पनि उनी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*