त्रिभुवन विमानस्थल भन्सारबाट ५० लाखको सुन पक्राउ

साझाकुरा
२०७७ फाल्गुन ३, सोमबार १५:१७

काठमाडाैं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गैरकानुनी तरिकाले ल्याएको ६ सय ग्राम सुन सहित सुन तस्करिमा संलग्न राजिव लामालाई  पक्राउ गरेको छ । फ्लाइट दुबइबाट काठमाडौं आएका लामाको लगेज जाँच गर्नेक्रममा उक्त परिमाणमा सुन फेला परेको हो ।

सुनलाई मोबाइल फोन चार्ज गर्न तथा टर्च लाइटको रुपमा प्रयोग गरिने उपकरण (पावर बैंक) मा ब्याट्रीको स्थानमा राखी ल्याइएको थियो ।

विमानस्थल भन्सार कार्यालयमा लगेज एक्सरे गर्दा संकास्पद वस्तु देखिएकाले थप जाँच गर्दा लुकाइछिपाइ ल्याइएको उक्त सुन फेलापरेको त्रिवि भन्सार प्रमुख सहसचिव सम्भु मरासिनीले सिंहदरवारलाई जानकारी दिए । तस्करीको यो तरिका नयाँ भएको र तस्करीका बारेमा थप अनुसन्धान भैरहेको समेत मरासिनीले बताए ।

उक्त परिमाणको सुनको बजार मुल्य ५० लाख हाराहारी पर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*