इन्धनको मूल्य फेरि प्रतिलिटर २–२ रुपैयाँ बढ्यो, निगमलाई १५ दिनमा अझै ८७ करोड घाटा

ग्यासमा प्रतिसिलिन्डर २ सय ९५ रुपैयाँ घाटा
साझाकुरा
२०७७ फाल्गुन ४, मंगलवार २०:२३

काठमाडौं । नेपाली बजारमा तेलको मूल्य फेरि बढेको छ । निगमले मंगबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । यो मूल्यवृद्धि सातामै दोस्रोपल्ट हो ।

नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो ।

अहिले पनि पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ । मट्टितेलमा भने निगम नाफामा छ ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ८६ करोड ७८ लाख रुपैयाँ घाटा हुने बताइएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*