सपनाको उजुरीपछि बेवारिसे शब जलाउने अभियन्ता बस्नेत पक्राउ

साझाकुरा
२०७७ फाल्गुन ४, मंगलवार २२:०७

काठमाडौं । काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो ।

उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ । उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*