टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण सुरु

साझाकुरा
२०७७ फाल्गुन ५, बुधबार २१:०५

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले ग्लोबल सर्भिस क्याम्प फागुन ५ देखि १६ गते सम्म सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार टाटाका कमर्सियल गाडी धनीलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको हो ।  २८ मंसिर देखि सुरु भएको पाँचौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ क्याम्प हो ।

सिप्रदीका कमर्सियल गाडी ग्राहक सेवाका प्रमुख साम्देन छिरिंग लामाका अनुसार ग्लोबल सर्भिस क्याम्प ग्राहकवर्गलाई निकै नै लाभदायी साबित भएको छ ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्प विश्वभरि ४५ राष्ट्रसहित नेपालका ४८ विभिन्न स्थानमा आयोजित गरिएको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*