पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ र ज्ञापनपत्र

साझाकुरा
२०७७ फाल्गुन ६, बिहीबार १६:३०

काठमाडौं । नेकपा निकट विद्यलर्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा नेपाल आयल निगम घेराउ गरेको छ । संगठनका सह संयोजक रञ्जित तामांगको नेतृत्वमा अनेरास्ववियूका कार्यकर्ताहरुले निगम घेराउ गरेका हुन् ।

घेराउ कार्यक्रमपछि सह संयोजक तामांगले निगम महाप्रबन्धक सुरेन्द्र पौडेललाई मूल्य वृद्धि फिर्ता लिन ज्ञापन पत्र पनि बुझाएको छ । निगमले १ साताका बिचमा डिजेल र पेट्रोलमा प्रतिलिटर ४।४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*