विप्लबलाई वार्तामा आउन ओलीको आव्हान

साझाकुरा
२०७७ फाल्गुन ७, शुक्रबार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूमिगत नेत्रबिक्रम चन्द बिप्ल समुहलाई वार्ताका लागि आव्हान गरेका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रतिष्पर्धाको विकल्प नभएकाले वार्तामा आउन आग्रह् गरेका हुन् ।

“शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन नसकिरहेको पक्षलाई म यस अवसरमा संवादका माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले भने ।

बृहत्तर राष्ट्रिय हित र लोकतन्त्रको पक्षमा एक भएर अगाडि बढ्नुको बिकल्प नभएको उल्लेख गर्दै उनले कुनै पनि अलमलमा नपरी विगतका बलिदानलाई सम्झेर अगाडि बढ्न अपिल गरे । “सानातिना मतभेदलाई छाडेर बृहत्तर हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढौँ”, राष्ट्रिय एकतामा जोड दिँदै उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*