ओली सरकारमा म गृहमन्त्री बन्ने हल्ला गलत होः बामदेव गौतम

साझाकुरा
२०७७ फाल्गुन ७, शुक्रबार १९:३२

काठमाडौं । नेकपा सचिवालय सदस्य बामदेव गौतमले आफु ओली सरकारमा गृहमन्त्री बन्न लागेको भन्ने समाचार गलत भएको स्पष्ट पारेका छन् ।

पार्टी एकताका लागि नेकपा एकता राष्ट्रीय अभियान चलाईहेका गौतमले आफ्ना चरित्र हत्या गर्ने मनसायले ओली सरकारमा जान लागेको प्रचार गरिएको भन्दै आपक्ति जनाएका हुन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्ः ‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ।
मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published.


*