प्रदेश १ मा ओली निकट सरकार ढल्ने पक्का

साझाकुरा
२०७७ फाल्गुन ९, आईतवार २१:१६

काठमाडौं । प्रदेश १ मा केपी ओली निकट मुख्यमन्त्री शेरधन राईको सरकार ढल्ने पक्का भएको छ । प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै राईको सरकार ढल्ने निश्चित भएको हो ।

प्रदेश सरकार ढाल्न नेकपा माधव प्रचण्ड समुह र काँग्रेसले अविश्वासको प्रस्तावमा सहमति गरेका छन् । फागुन २० गते प्रदेश सभा बोलाईएको छ जसले मुख्यमन्त्री राई विरुद्धको अविस्वासको प्रस्ताव पास गर्नेछ ।

हाल सात मध्ये चार वटा प्रदेशमा ओली निकट मुख्यमन्त्री छन् । बागमति प्रदेशमा पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भैरहेको छ । तर ओली समुहले बैठक टार्ने प्रयास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*