मनमोहन क्याम्पस स्थापनाको १४ वर्ष पूरा, विश्वविद्यालय बनाउन पहल गर्ने शिक्षामन्त्रीको प्रतिवद्धता

साझाकुरा
२०७७ फाल्गुन ९, आईतवार २२:४६

काठमाडौं । मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले आफनो १४औ वार्षिकोत्सव मनाएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको उदघाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरेका थिए ।

उद्घाटन मन्तव्यमा मन्त्री श्रेष्ठले स्वास्थ्य बिज्ञानका १३ कार्यक्रमहरु संचालन गरि गुणस्तरिय तथा समय सापेक्ष शिक्षा प्रदान गरी २ पटक उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएकोमा प्रशंसा गरे । र, क्याम्पसमा स्नातक तहमा एमबीबीएस कार्यक्रम थप गर्न र मनमोहन अधिकारीको नाममा स्थापित यस संस्थालाई मनमोह्न अधिकारी विश्व विद्यालयको रुपमा रुपान्तरण गर्न आफ्नो तर्फबाट सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपती प्रा.डा धर्मकान्त बास्कोटाले क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले क्याम्पसको वार्षिकोत्सव कार्यक्रमको सफलताको कामना गर्दै मनमोहन छात्रवृति प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र तथा चेक वितरण गरे ।

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. शंकर भण्डारीले यस क्याम्पसले अनुदान आयोगका तर्फवाट आवश्यक सहयोग गर्ने आश्वासन दिए। अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले सवै पूर्वाधार पुरा गरी विश्वविद्यालयले निरिक्षण गरी एमबीबीएस कार्यक्रम थपको लगि सिफारीस गर्दा समेत उक्त कार्यक्रम संचालन गर्ने अवसर नपाएको गुनासो गनुभयो र शिक्षा मन्त्रालयले एलओआई दिएपछि पूर्वाधारका लागि खर्च भएको ऋणले संस्था ठुलो मारमा परेको बताए ।

क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष जीवन प्रकाश शर्माले कार्यक्रममा उपस्थित सम्पूर्ण प्रमुख अतिथि,विशेष अतिथि, अतिथि तथा नव आगन्तुक र पास आउट विद्यार्थीहरुलाई स्वागत गर्दै क्याम्पस स्थापना कालदेखि आज सम्म शैक्षिक उन्नयनका लागि गरिएको प्रयत्नहरुको चर्चा गरे ।

कार्यक्रममा क्याम्पसको सोभिनियरको बिमोचन गरिएको थियो भने क्याम्पसका यस वर्षका उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेका थिए ।
शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान समेत गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*