हुलाकी राजमार्गमा पुल नबनाउने भैरबसँग ठेक्का तोडियो, अब कालोसूचिमा

साझाकुरा
२०७७ फाल्गुन १०, सोमबार ०९:२४

काठमाडौं । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गतको पुल निर्माण अलपत्र पार्ने भैरव कन्स्ट्रक्सन कालोसूचीमा पर्नेमा भएको छ । धनुषाको हुलाकी राजमार्ग निर्देशनालयमातहतको योजना कार्यालयले भैरवलाई सिफारिस गरेको हो । २०७२ असारमा ठेक्का लागेका सर्लाहीस्थित धनकौल र हर्कठवा पुल निर्माण सुरु नगरी अलपत्र पारेको भन्दै कार्यालयले भैरवसँग ठेक्‍का तोडेर कालोसूचीमा राख्‍न सिफारिस गरेको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामबाट १० अर्ब लागतका २३ वटा योजना सञ्चालित छन् । २०६८ देखिका आयोजना अधुरै छन् । निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुको साटो पटक–पटक म्याद थपिएको थियो । त्यसलै १३ वटा आयोजना धकेलिदै आएका छन् ।

सम्झौताअनुसार २०७४ मै निर्माण सम्पन्न हुनुपर्थ्यो। २५ मिटर लम्बाइको धनकौल पुल निर्माण गर्न २३ पुस २०७२ मा १ करोड १० लाखमा भैरव कन्स्ट्रक्सन प्रालि नयाँ बजार काठमाडौंले ठेक्का लिएको थियो। भैरवले नै ४० मिटर लम्बाइ भएको हर्कठवा पुल १ करोड ९१ लाखमा ठेक्का सकारेको थियो । दुवै पुलको डिजाइनमा समस्या देखिएकाले काम हुन सकेको छैन । पुरानै डिजाइनमा काम गर्ने वा नयाँ बनाउने भनेर हुलाकी सडक आयोजना निर्देशनालयले चासो लिएको छैन। धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीमा १० अर्बभन्दा बढी रकमको हुलाकी राजमार्ग, सहायक सडक र पुल निर्माण सुस्त मात्रै होइन, अलपत्रजस्तै छ।

हुलाकी राजमार्गमा सिरहा र धनुषालाई कमला नदीको पुलले जोड्छ। निर्माण सुरु भएको नौ वर्षमा पनि यहाँ पुल बनेको छैन । ४ सय ४० मिटरको पुल बनाउन ३१ असोज २०६८ मा पप्पु लुम्बिनी निर्माण कम्पनीले ठेक्का लिएको थियो। दुईपटक म्याद थप गर्दा पनि ५६ प्रतिशत मात्रै काम भएको छ। जमिनबाट उठाउनुपर्ने १२ वटै पिलर उठाइएको छ। पप्पुले काम नगरेपछि हालै लुम्बिनीमार्फत सुरु गराइएको छ।

सप्तरीको बलान नदीको पुल १५ फागुन २०६८ मा ठेक्का लागेको थियो । शर्मा पप्पु जेभीले काम छाड्दा नौ वर्षमा पनि पुल बन्न नसकेको हो । एकपटक म्याद लिएको उसले १५ भदौ २०७५ मा निर्माण सम्पन्न गर्नुपथ्र्यो तर कामै गरेन । काम ६५ प्रतिशत मात्रै पूरा भएको छ। पप्पु हटेपछि शर्मा जेभीलाई काम दिइएको छ । ठेक्का तोडेर कालोसूचीमा राख्ने भनेपछि शर्मा काममा जुटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*