ओली पतनलाई बाबुरामद्वारा ‘भष्मासुरको वध’सँग तुलना, भनेः मेरो त रोगै निको भए झैं भो

साझाकुरा
२०७७ फाल्गुन ११, मंगलवार १९:११

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटनका विरूद्धमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । उपचारका क्रममा भारतमा रहेका भट्टराईले अदालतको निर्णयालाई हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं रहेको बताएका हुन् ।

उनका अनुसार सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ।

उनले भने, “कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्ख‌ंदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो । फैसला सुन्दा रोग निको भए झैं भयो ।”

यसमा तपाइको मत

Your email address will not be published.


*