अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरू भयो : कमल थापा

साझाकुरा
२०७७ फाल्गुन ११, मंगलवार २०:३९

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती रहेको बताएका छन् । प्रतिनिधि सभाको विघटन सम्बन्धि सर्वोच्च अदालतले बदर गर्ने निर्णयबारे सामाजिक सञ्जालमा लेख्छन् :

“प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलाबारे तर्क वितर्क गर्न सकिन्छ। तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्छ।
यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो । विघटन सबन्धि विवाद तत्कालका लागि अन्त्य भएको छ । तर, प्रतिनिधिसभा पुनर्स्थापनासँगै स‌ांसद किनबेच, अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरू हुने सम्भावना बढेको छ । यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ ।”

यसमा तपाइको मत

Your email address will not be published.


*