ओलीको बहिर्गमन पक्काः भावी प्रधानमन्त्री को ?

साझाकुरा
२०७७ फाल्गुन ११, मंगलवार २२:२८

काठमाडौं । प्रतिनिधी सभा विघटन सम्बन्धी निर्णय सर्वाेच्च अदालतले बदर गरेपछि अब भावी प्रधानमन्त्री को बन्छ भन्ने बहस सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको सत्ता अब स्वत संकटमा परेको छ । अदालतले नै १३ दिनभित्र संसद बोलाउनु भन्ने आदेश दिईसकेको छ । त्यस अघि नै ओलीले राजीनामा गर्नेछन् अन्यथा संसदले नै ओलीलाई हटाउनेछ । ओलीलाई हटाउन अविश्वासको प्रस्ताव लानु अघि वैकल्पिक उम्मेदवार घोषणा गर्नुपर्नेछ । नेकपाका बहुमत सांसदहरुले ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

नेकपा सांसदहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार अघि सारेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर अबको संसदीय गणितले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहज देखिन्न । प्रचण्ड र ओली दुबैले काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकिने सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् । त्यसो त जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ ।

मुलुक पुनः एक पटक संकटका सम्मुख पुगेकाले सबैलाई समन्वय गर्न सक्ने प्रधानमन्त्रीको आवश्यकता पर्ने भन्दै एकथरीले नेकपाका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने आंकलन पनि गर्र्न थालेका छन् । महन्थ ठाकुर, उपेन्द्र यादवको नाम पनि चर्चामा सुनिन्छ तर उनीहरुको सम्भावना भने एकदमै कम रहेको बताइन्छ । शेर बहादुर देउवा, प्रचण्ड, माधव नेपाल वा डा. बाबुराम भट्टराईमध्ये एक जना प्रधानमन्त्री बन्ने पक्का जस्तै देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*