आरम्भ चौतारी लघुवित्तका लगानीकर्तालाई ८.८५ प्रतिशत लाभांश

साझाकुरा
२०७७ फाल्गुन १२, बुधबार २१:३४

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ८.८५ प्रतिशत लाभांश पाउने भएका छन् । बुधबार बसेको लघुवित्तको सञ्चालक समिति बैठकले लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । २६ करोड ३४ लाख ४८ हजार चुक्ता पुँजी रहेको कम्पनीका लगानीकर्ताले गत आवको मुनाफाबाट २ करोड ३३ लाख १५ हजार एक सय ४८ रुपैयाँ बराबरको लाभांश दिन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*