सुनको मूल्य फेरी घट्यो, चाँदी भने बढ्यो, अब कति ?

साझाकुरा
२०७७ फाल्गुन १३, बिहीबार ११:५७

काठमाडौं । सुनको मूल्य बिहीबार पुनः घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । चाँदीको मूल्य भने बढेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर ८९ हजार तिन सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला पाँच सय रुपैयाँले नै घटेर ८८ हजार आठ सय ५० रुपैयाँमा किनबेच भैरहेको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला १० रुपैयाँले बढेर एक हजार तिन सय ५५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*