इटहरी उपमहानगरले ल्यायो एक अर्ब ९५ करोडको पुरक बजेट

साझाकुरा
२०७७ फाल्गुन १४, शुक्रबार २०:२१

इटहरी । इटहरी उपमहानगरपालिकाको आठौँ नगरसभा शुरु भएको छ । सो अवसरमा नगरप्रमुख द्वारिकलाल चौधरीले कोभिड–१९का कारण पूरक बजेट ल्याउन बाध्य हुनुपरेको बताए। उनले सातौं नगरसभाले स्वीकृत गरेको बजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड–१९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको बताए । उपप्रमुख लक्ष्मी गौतमले एक अर्व ९५ करोड ४० लाखको संशोधित पूरक आय–ब्ययको अनुमान प्रस्तुत गरिन ।

उनले विनियोजन ऐन, आर्थिक ऐन संशोधन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्र्ने, इटहरी स्वास्थ्य ऐनका सम्बन्धमा वनेको विधेयक, इटहरी भूउपयोग तथा जग्गा व्यवस्थापन गर्न बनेको विधेयक र टोल विकास संस्था सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७७ पेश गरे । चालु नगरसभाको अर्को बैठक फागुन २५ गते बस्ने छ । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*