माधव-प्रचण्ड समुहका केन्द्रिय सदस्य नागरिकतासहित निर्वाचन आयोग जाने

साझाकुरा
२०७७ फाल्गुन १९, बुधबार २१:०१

काठमाडौं । नेकपाको बहुमत पक्ष अर्थात माधव नेपाल प्रचण्ड समुहका केन्द्रिय सदस्यहरु नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन् । पार्टी केन्द्रिय कमिटीको बैठकमा शिर्ष नेताहरुले केहि दिनभित्रै नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गर्न निर्देशन दिएको एक केन्द्रिय सदस्यले बताए ।

‘हामीलाई नागरिकतासहित निर्वाचन आयोग जान तयारी अवस्थामा रहन भनिएको छ’, नेकपाका एक केन्द्रिय सदस्यले भने । उनका अनुसार बिहिबार निर्वाचन आयोगमा नागरिकतासहित जाने सम्भावना छ ।

निर्वाचन आयोगले नेकपाको विवाद निरुपणमा समय लगाएपछि दुई तिहाई केन्द्रिय सदस्य रहेका माधव प्रचण्ड समुहले आयोगको नियतमाथि शंका गरिरहेको छ । त्यसो त प्रधानमन्त्री केपी ओली समुह पनि आयोगको भूमिका प्रति सन्तुष्ठ नरहेको बताइन्छ ।

नेकपा विवादको चाँडो निरुपण गर्न बुधबार पाँच जना पुर्व प्रमुख आयुक्तहरुले सामुहिक अपिल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*