गुरुकुलका विद्यार्थीलाई सांस्कृतिस्थलमा भ्रमण गराइँदै

साझाकुरा
२०७७ फाल्गुन २०, बिहीबार १६:०१

कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ । धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउँन लागिएको हो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले धार्मिक एवं सांस्कृतिकस्थलको पर्यटकीय चिनारीका लागि भ्रमण गराउन लागिएको जानकारी दिए । भण्डारीले गुरुकुलमा अध्ययनरत विद्यार्थी भविष्यमा राम्रो पथप्रदर्शक हुनसक्ने समेत बताए ।

यही फागुन २२ गते शनिबारदेखि शुरु हुने चार दिवसीय अवलोकन भ्रमण स्वर्गद्वारीसम्म पुगेर सम्पन्न हुने छ । “नेपालमा धेरै धार्मिक एवं सांस्कृतिक महत्वकास्थल छन्, ती स्थानमा पुग्ने जोकोही पर्यटकलाई त्यहाँको पौराणिक, धार्मिक, सांस्कृतिक आदि पक्षबारे स्पष्ट रुपमा जानकारी दिने पथप्रदर्शकको खाँचो छ”, “गुरुकुलका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको अवलोकन भ्रमणले धार्मिक तथा सांस्कृतिस्थलमा आवश्यकपर्ने पथप्रदर्शक तयार गर्ने दीर्घकालीन लक्ष्यमा सहयोग पुग्ने विश्वास लिएका छौं ” भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*