शनिबारसम्म मौसममा बदली हुने, केही ठाउँमा आंशिक वर्षाको सम्भावना

साझाकुरा
२०७७ फाल्गुन २०, बिहीबार १७:२८

काठमाडौं । शनिबारसम्म पश्चिमी वायुको प्रभावले देशको विभिन्न ठाउँमा सामान्य बदली हुने भएको छ । देशको पहाडी भेगमा आंशिक बदली भइ केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावले पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए । उनका अनुसार शनिबारसम्म यसको प्रभाव रहने छ ।

हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ । शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*