‘रिचार्ज काठमाडौँ ’ अब काठमाडौंमा भूमिगत जल रिचार्ज गरिने

साझाकुरा
२०७७ फाल्गुन २४, सोमबार १३:१६

काठमाडौं । महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८ औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ ।

रिचार्ज काठमाडौँ कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलापसम्बन्धी व्यवस्था छन् । यसैगरी व्यवसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजनासम्बन्धी व्यवस्था छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*