९५ हजार घुस खाने इञ्जिनियर र लेखा अधिकृत विरुद्ध मुद्धा

साझाकुरा
२०७७ फाल्गुन २८, शुक्रबार १४:३४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार रुपैयाँ घुस लिने इञ्जिनियर र लेखा अधिकृत विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगले धादिङ जिल्लाको गंगा जमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्की विरुद्ध मुद्धा हालेको हो ।

इञ्जिनियर पुजा कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवा ग्राहीसँग घुस मागेकी थिइन् । सोही सूचनाका आधारमा गएको आयोगको टोलीले ९५ हजार रुपैयाँ अतिरिक्त लिएको अवस्थामा पक्राउ गरेको थियो । लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा घुस लिएको प्रमाणित भएपछि मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*