ओलीको प्रतिवाद गर्दै देशैभर समानान्तर कमिटी बनाउने माधव नेपाल समुहको निर्णय

साझाकुरा
२०७७ फाल्गुन २८, शुक्रबार २०:५६

काठमाडौं । नेकपा(एमाले)को माधव नेपाल समुहले ओली समुहको प्रतिवाद गर्दै देशैभर समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । बानेश्वरको अर्याल होटलमा बसेको स्थायी कमिटीका उपलब्ध सदस्यहरुको छलफलले ओलीका स्वाच्छाचारी कदमहरुको प्रतिवाद गर्दै देशैभर समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

ओलीले शुक्रबार आफ्नो समुहको बैठक राखेर अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीहरु खारेज गरेको घोषणा गरेका थिए । ओलीले नेपाल निकट नेताहरुको जिम्मेवारी समेत खोसिसकेका छन् । बरिष्ठ नेता नेपालले सम्हाल्दै आएको विदेश विभागमा समेत ओलीले डा. राजन भट्टराईलाई नियुक्त गरेका छन् ।

ओली समुहले विधान विपरिद धमाधम कमटी घोषणा तथा नयाँ जिम्मेवारी थप्न थालेकाले त्यस्तो स्वेच्छाचारी कदमको प्रतिवाद गर्ने निर्णय माधव नेपाल समुहले गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*