चैत ४ र ५ गते माधव नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला, बहुमत एमाले जुटाउने दावी

साझाकुरा
२०७७ फाल्गुन २९, शनिबार २०:२९

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले आफु पक्षिय नेताहरुको जिम्मेवारी खोसेर विधान विपरिद पार्टी सञ्चालन गरेपछि बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका हुन् ।

दुई दिने भेलामा देशभरबाट नेकपा(एमाले)का बहुमत पंक्ति सहभागी हुने दावी उनीहरुले गरेका छन् । भेलामा स्थायी कमिटीका २२ मध्ये १२ सदस्य, पोलिटब्युरोका ३३ मध्ये १९ जना र १३१ जना केन्द्रिय सदस्यमध्ये ७२ जना सहभागी हुने दावी गरेका छन् ।

त्यस्तै, ७७ वटा जिल्ला कमिटीमध्ये कम्तिमा पनि ४४ जिल्लाका अध्यक्षहरु चैत ४ र ५ गतेको भेलामा सहभागी हुने नेपाल पक्षको दावी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*