एमालेमा बसेका माओवादी केन्द्रका सांसदहरुको पद जाने

साझाकुरा
२०७७ चैत्र १, आईतवार २१:३७

काठमाडौं । एमालेमै बसेका माओवादी केन्द्रका सांसदहरुको पद जाने भएको छ । नेकपालाई सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रका रुपमा पुनस्थापित गरिदिएपछि एमालेमै बसेका राम बहादुर थापासहितका सांसदहरुको पद जाने भएको हो ।

एमाले र माओवादी केन्द्र ब्युतिए पनि राम बहादुर थापा, टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरी लगायतका सांसद एमालेमै रहने निष्कर्षमा पुगेका थिए । उनीहरु सबै अहिले ओली सरकारमा मन्त्री छन् । उनीहरुलाई माओवादी केन्द्रले औपचारिक रुपमै मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिईसकेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले कुनै दलबाट निर्वाचित व्यक्तिले दल त्याग गरेमा ऊ निर्वाचित भएको पद पनि गुम्ने व्यवस्था गरेको छ । ऐनको दफा ३१ मा भनिएको छ, ‘कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सांसद, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दल त्याग गर्नसक्ने छैन ।’

माओवादी केन्द्रले यहि व्यवस्था अनुसार कानुनी प्रक्रिया अघि बढाएमा ओलीको पक्षमा रहेर मन्त्री बनेका सांसदहरुको पद स्वतः जानेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*