गैँडा गणना शुरु

साझाकुरा
२०७७ चैत्र ९, सोमबार ०९:४८

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको आरम्भ गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका प्रमुखको सहभागिता रहेको थियो । गणना शुरु भएसँगै सौराहामा औपचारिक उद्घाटन कार्यक्रम गरिँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*