केपी ओली एमाले छाडेर गए हुन्छ, पार्टी हामी चलाउँछौंः माधव नेपाल

साझाकुरा
२०७७ चैत्र १०, मंगलवार १६:४८

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीलाई एमाले छाडेर जान सुझाव दिएका छन् । आफु निकट अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले ओली एमाले नै नभएको समेत बताएका हुन् ।

उनले अध्यक्ष ओलीलाई बिमाले, सिमाले भएको तर एमाले नभएको बताएका हुन् । ‘असली एमाले हामी हो, ओली होइनन्, उनले पार्टी छाडेर गए हुन्छ’, नेता नेपालले भने । नेता नेपालले ओली प्रवृत्ति विरुद्ध देशभरका कार्यकर्ताले एकिकृत प्रतिरोध गर्नुपर्ने बताएका थिए ।

अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेलालाई डा. भिम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए । भेलाले सुदेश पराजुलीको नेतृत्वमा नयाँ कमिटी निर्माण गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*