४० प्रतिशत लाभांश दिँदा पनि टेलिकमको सेयर मूल्य १२/१४ सय मात्रै किन ?

डिल्लीराम अधिकारी
२०७७ चैत्र ११, बुधबार ११:४७

नागरिकलाई सस्तो, सुलभ र गुणस्तरिय दुर सञ्चार सेवा उपलब्ध गराउने मूल दायित्व बोकेको कम्पनी हो नेपाल टेलिकम । ९० प्रतिशत हाराहारी सेयर सरकारी स्वामित्वमा रहेको टेलिकमको मुल व्यवस्थापकिय नेतृत्व अर्थात प्रबन्ध निर्देशक छन् इञ्जिनियर डिल्लीराम अधिकारी

‘राष्ट्रको सञ्चार’ स्लोगनसहित व्यवसाय गरिहेको टेलिकमलाई सरकारी योजना कार्यान्वयन मात्रै होइन, लगानीकर्तालाई उचित प्रतिफल दिने गरि नाफा पनि कमाउनुपर्नेछ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत रहेको टेलिकमले दोश्रो बजारमा पनि लगानीकर्ताको मन जित्नुपर्नेछ ।

पूर्णतः सरकारी खरिद प्रक्रिया अवलम्बन गर्नुपर्ने टेलिकमका प्रबन्ध निर्देशकसँग सिंहदरबारले सरकारी अपेक्षा, नागरिक दायित्व र लगानीकर्तालाई प्रतिफलको सुनिश्चितता सहित भावी योजनाका बारेमा गरेको कुराकानी ।

– हाम्रो सेवा सस्तो छ, प्रतिष्पर्धीले जसरी चार्ज गर्ने हो भने हाम्रो आम्दानी निकै माथि जान्छ ।

– नेपालमा घटेको एउटै चिज छ भने त्यो टेलिकमको महशुल मात्रै हो ।

– महामारीका बेलामा नाफा मात्रै होइन, नागरिकलाई कनेक्सनमा राख्नुपर्छ भन्ने उदेश्य थियो, त्यसकारण नाफा घट्यो ।

– सात साढे सात सयको हाराहारीमा रहेको सेयरको मूल्य म आएपछि १२/१४ सय पुगेको छ, यो इन्भेष्टर्सको कन्फिडेन्ट हो ।

– १२/१५ प्रतिशत प्रतिफल दिने कम्पनीहरुको सेयर मूल्य ३ हजारसम्म छ, ४० प्रतिशत लाभांश दिँदा पनि टेलिकमको मूल्य भने १२/१४ सयमै अड्किरहेको छ ।

– टेलिकम्युनिकेशन प्रविधि खरिद गर्दा गुणस्तरिय समान हेर्नुपर्छ, कहिले काँही सस्तो भन्दा महंगो समान पनि किन्नु पर्ने हुन्छ ।

– टेलिकममा विदेशी साँझेदारलाई व्यवस्थापन करारमा भित्र्याउन सकिन्छ भन्नेबारे कर्मचारीदेखि नै मोटामोटी सहमति छ ।

– टेलिकमको स्वामित्वमा परिवर्तन गर्न सर्वसाधारणलाई थप सेयर निष्काशन पनि गर्न सकिन्छ तर यसबारेमा नेपाल सरकार र सञ्चालक समितिको निर्णय नै अन्तिम हुने हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*