केपी ओलीलाई माधव नेपालको प्रति प्रश्नः बिगार्ने तपाई, स्पष्टीकरण मैले दिनुपर्ने ?

साझाकुरा
२०७७ चैत्र १२, बिहीबार २१:३३

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमारले पार्टी अध्यक्ष केपी ओलीलाई प्रति प्रश्न गर्दै जवाफ लेखेका छन् । बरिष्ठ नेता नेपालले ओलीलाई पत्र लेख्दै ‘बिगार्ने तपाई स्पष्टीकरण मैले दिनु पर्ने ?’ भन्दै प्रति प्रश्न गरेका हुन् ।

१३ बुँदे जवाफमा नेता नेपालले ओलीले राष्ट्रिय अर्थतन्त्रलाई धारासायी हुने गरि कृषिमा विदेशी लगानी ल्याउन अनुमति दिएको, असंलग्न परराष्ट्र नीतिको बर्खिलाप गतिबिधी गरेको, एनसेल, ओम्नी, यति, वाइडबडी जस्ता ठूला ठूला भ्रष्टाचार काण्ड मच्चाएको लगायतका विषयमा ओलीले पार्टीलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

नेता नेपालले संबिधान मास्ने नियतले प्रतिनिधी सभा विघटन गरेको, गलत ढंगले राजदुतदेखि सवैधानिक अंगका प्रमुखहरुको नियुक्ती गरेको भन्दै त्यस्ता निर्णयका लागि ओलीले आत्मालोचना गर्नुपर्ने पनि उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*