मुम्बाईको कोभिड अस्पतालमा आगलागी नौको मृत्युृ

साझाकुरा
२०७७ चैत्र १३, शुक्रबार १५:५९

मुम्बाई । भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।

बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले बताएका छन् । अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताएका छन् ।

कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*