अर्घाखाँचीमा माधव नेपाल समुहको समानान्तर जिल्ला कमिटी

साझाकुरा
२०७७ चैत्र १४, शनिबार १६:३८

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी निर्माण गरेको छ । साविक एमालेका निर्वाचित जिल्ला सचिव राम बहादुर चौहानलाई निलम्बन गरेर ओली समुहले टोप बहादुर रायमाझीका भाई तेज बहादुर रायमाझी(विधान) हुन भन्दै पत्राचार गरेपछि नेपाल समुहले समानान्तर कमिटी निर्माण गरेका हुन् ।

समानान्तर कमिटीमा साविक एमालेका निर्वाचित जिल्ला सचिव चौहान, उप सचिव प्रेम गैरै लगायत सहभागी छन् । शनिबार जिल्ला भेला गरेर सचिव चौहानको नेतृत्वमा ७१ सदस्यिय जिल्ला कमिटी गठन गरिएको युवा संघका सचिव सुशिल भट्टराईले जानकारी दिए ।

भेलामा एमाले नेता पिताम्बर भुषाल, संबिधान सभा सदस्य डा. दुमनसिंह थापा लगायत सहभागी थिए । भेलाले सचिवको नेतृत्वमा ७१ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*