एक गोल पनि नगरी नेपाल फाइनलमा !

साझाकुरा
२०७७ चैत्र १४, शनिबार १९:२८

काठमाडौं । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालले अघिल्लो खेलमा पनि किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । प्रतियोगितामा बंगलादेशले किर्गिस्तानलाई पराजित गरेको थियो । बंगलादेश लिग विजेता बनेको छ ।

सोमबार हुने फाइनलमा नेपाल र बंगलादेश पुनः भिड्नेछन् । नेपालले एक गोल पनि नगरी फाइनल खेल्दैछ । बंगलादेशले भने किर्गिस्तानलाई आत्मघाति गोलमार्फत १-० ले पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*