त्रास बढ्दै कोरोना दोस्रो लहरको, थप ८९ जनामा सङ्क्रमण

साझाकुरा
२०७७ चैत्र १५, आईतवार १८:५०

काठमाडौं । गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ ।

हाल क्वारेन्टिनमा ५७ जना छन‍् । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् ।

विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*