माधव नेपालले भनेः ओलीको कदम स्वीकार गरिन्न, देशभर कार्यकर्ता माझ जान्छु

साझाकुरा
२०७७ चैत्र १६, सोमबार १९:३३

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले आफुमाथि कारवाही गर्ने पार्टी अध्यक्ष केपी ओलीको निर्णय स्वीकार्य नभएको बताएका छन् ।

ओलीले विधान विपरिद पार्टी सञ्चालन गरेको र पार्टी फुटाउन समेत चाहेको आरोप पनि उनले लगाएका छन् । आफु ओलीले गरेको कथित कारवाहीलाई अस्विकार गर्दै देशभर कार्यकर्ता माझ जाने पनि स्पष्ट पारेका छन् ।

ओली नेतृत्वको एमालेले बरिष्ठ नेता नेपाल र उपाध्यक्ष भिम रावललाई छ महिनाका लागि कारवाही गरेको थियो । नेपाल समुहले भने ओली गुटले आफुहरुलाई कारवाही गर्ने हैसियत नै नराख्ने बताउँदै आएको छ ।

माधव नेपाले सामाजिक सञ्जालमा लेखेको धारणा
सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु । नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतस् निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*